ईटहरी/ नेपालमा पहिलो पल्ट भित्रीएको अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो ‘नेपाल आईडल’ को हाल दोश्रो सिजनको अडिसन यतिबेला धमाधम भैरहेको छ । यसै सिलसिलामा नेपाल आईडल पहिलो सिजनका बिजेता बुद्ध लामाको पहिलो गीतको म्युजिक भिडियोले युट्युबमा १० लाख बढी भ्यु पाएको छ । ‘तिमी साथ भएपछि’ बोलको गीतलाई युट्युब मार्फत सार्बजनिक पश्चात् केहि समय युट्युब नेपाल ट्रेन्डिङमा समेत परेको थियो ।
यो समाचार तयार पार्दा सम्म भिडियोलाई १० लाख १६ हजार ६ सय ४५ पटक हेरिरहेको छ । ३१ हजार बढी लाईक पाएको भिडियोले ३ हजार बढी डिसलाई र ५ हजार बढी सकारात्मक तथा नकारात्मक प्रतिक्रिया पाएको छ । गीतको भिडियोमा अहिलेका हटकेक जोडि ‘पल शाह र आचल शर्मा’ले मज्जैले रोमान्स गरेका छन् ।
प्रायः भिडियो तथा फिल्महरुमा यो जोडि संगै देखिने गरेका छन् । यसैले पनि यी २ प्रेमिप्रेमिका हुन् भन्ने गर्छन् । हाल यो जोडि अभिनित फिल्म सत्रुगते देशभरका हलहरुमा सफलताको साथ प्रदर्सन भैरहेको छ । सार्बजनिक गीतको भिडियोमा यी २ को प्रेम खुबै मज्जाले खुलेको देख्न सकिन्छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।
बुद्ध लामाले स्वर भरेको सार्बजनिक भिडियोको गीतमा सुरेश वाग्लेको शब्द समाबेश गरिएको छ । गीतलाई हरि लम्सालले कम्पोज गरेका हुन् । कलात्मक शैलिमा निर्माण गरिएको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने उत्सब दाहालले छायांकन गरेका हुन् ।
भिडियोको अन्त्यमा थोरै समय गायक बुद्धलाई देखाईएको छ भने बाकी सबै भागमा पल र आचलको रोमान्सलाई प्रस्तुत गरिएको छ । बुद्ध यतिबेला देश तथा बिदेशका विभिन्न कार्यक्रमहरुमा ब्यस्त छन् ।