आज अनमोल केसीको जन्मदिन: बाल्यकालमा यस्ता थिए अनमोल (तस्विर)

काठमाडौं । विक्रम सम्वत २०५१ साल चैत्र १६ गते बुवा अभिनेता भुवन केसी र आमा अभिनेत्री सुस्मिता बोम्जनको सुपुत्रको रुपमा जन्मिएका अनमोल केसी आजबाट २४ वर्षमा प्रवेश गरेका छन् । भुवन र सुस्मिताका एक्लो सन्तान अनमोल पछिल्लो पुस्ताका चर्चित नायक हुन् ।

६ वर्षअघि चलचित्र ‘होस्टेल’बाट सिने नगरीमा मुख्य अभिनेताको रुपमा डेब्यू गरेका अनमोल अहिले एक स्टारको रुपमा स्थापित भइसकेका छन् । १९ वर्षको उमेरमा मुख्य अभिनेताको रुपमा डेब्यू गरेका अनमोल बाल्यकाल देखि नै सिनेमासँग जोडीएपनि उनले पछिल्ला केही वर्षमा नै ड्रिम्स, जेरी, गाजलु र कृ लगायतका हिट फिल्म दिएका छन् । ‘कृ’मा उनी एक्सन अभिनेताको रुपमा प्रस्तुत भएका थिए । दुई वर्ष मेहनत गरेर निर्माण भएको ‘कृ’ले आशातित कारोबार भने गर्न सकेन । अहिले उनी चलचित्र क्याप्टेनमा अभिनय गर्ने तयारीमा छन् । अनमोलका बाल्यकालका तस्विरहरु हेर्नुहोस्

 

 

 

इताजाखबरबाट

तपाईको प्रतिक्रिया