दिपकको ३० औं ‘एनिभर्सरी’

कलाकार दिपकराज गिरीकाे दाम्पत्य जिवन ३० औं वर्षमा प्रवेश गरेकाे छ । ३० बर्ष पहिले १८ वर्षिया मेनुकासँग दिपकले मागी विवाह गरेका थिए । साथ, सहयोग, माया, स्नेह र जिम्मेवारीको लागि श्रीमतीलाई धन्यवाद दिदै दिपकले शुक्रबार स्टाटस फेसबुकमा पोस्ट गरेका छन् । दिपक र मेनुकाको तर्फबाट तीन सन्तान छन् । जसमध्ये एक छोरा र एक छोरीको विवाह भैसकेको छ ।

पिता र श्रीमतीको जिम्मेवारीमा उनी कलाकारिता क्षेत्रमा सक्रिय भएर लागि रहेका छन् । सानो र ठुलो पर्दा दुबैमा दिपक सफल भैरहेका छन् । अभिनेत्री दिपाश्री निरौलासँग सहकार्य दिपकलाई फापिरहेको छ । चार फिल्मको सफलतापछि दिपक र दिपा ‘छक्का पञ्जा ३’ निर्माणको तयारीमा छन् । दिपक र उनकी रियल हिरोइन मेनुकालाई ३० औं बैवाहिक लगन गाँठोको शुभकामना !

तपाईको प्रतिक्रिया