आज ईटहरी फुड फेस्टिभलमा प्रमोद खरेलको प्रस्तुती रहने

ईटहरी/ खानाका परिकारहरुलाई विशेष मध्यनजर गर्दै ईटहरीमा पहिलो पटक आयोजना भएको ‘ईटहरी फुड फेस्टिभल’को साझ आज सुगम संगीतका चर्चित गायक प्रमोद खरेलको प्रस्तुती रहने भएको छ । देश बिदेशका स्टेज कार्यक्रममा निकै ब्यस्त प्रमोदले फेस्टिभल सुरु भएको पाचौं दिन आज आफ्नो चर्चित गीतहरुले ईटहरीबासीहरुलाई नचाउनेछन् । उनको ‘म बिन कसैकसैलाई मुस्किल छ पोखरामा’ चर्चित गीत हो भने पछिल्लो समय ‘दन्तैमा’ बोलको गीत युवापुस्ता माझ निकै लोकप्रिय छ ।

युथ फर सोसियल डेभलपमेन्टको आयोजनामा संचालन भैरहेको यो फेस्टिभल गत १८ गते माननीय उपप्रधानमन्त्री बिजय कुमार गक्षदारको प्रमुख उपस्थितिमा औपचारिक उद्घाटन भएको हो । विभिन्न खानाका परिकारहरुको स्वाद सहित मेला अवलोकन गर्दै साङितिक माहौलमा रमाउन पाउने एक मात्र अवसर हो ‘ईटहरी फुड फेस्टिभल’ ।

अन्य राष्ट्रिय कलाकारहरूमा राजनराज सिवाकोटी संगै स्थानीय डान्सर तथा कलाकारहरुको आकर्षक प्रस्तुति समेत रहने छ । कार्यक्रम हरेक दिन दिउँसो ४ बजे सुरु भइ राती ८ बजे सम्म संचालन रहने छ । डिथ्री अनलाईन पनि सो फुड फेस्टिभलको अफिसियल मिडिया पार्टनर हो ।

तपाईको प्रतिक्रिया