यी ५ नायिका मध्ये को होला ‘ब्युटि स्टार’ ?

सिने मासिक पत्रीका कामनाको आयोजना र सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा ‘लक्स कामना फिल्म अवार्ड-२०७४’ हुने भएको छ । आफ्नो प्रकाशनको तीन दशक लामो सफल ईतिहास रचेको खुसियालीमा आउदो माघ १६ गते अर्थात सहिद दिवसको सार्बजनिक बिदाको मौका पारेर उक्त अवार्ड सम्पन्न हुन लागेको हो । यसअघि यो अवार्ड बितरण समारोह पौष २२ गतेलाई तय गरिएको थियो ।

२०७१ सालबाट निरन्तर भैरहेको कामनाको यो अवार्डको तेस्रो संस्करण हो । राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा जम्मा ३२ बिधामा बितरण गर्न लागिएको उक्त अवार्ड समारोहमा कुल ३२ विधामा अवार्ड बितरण हुनेछ भने चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक एकजनलाई जनही १ लाख नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) ले एक जनालाई सम्मानित गरिने छ ।

त्यस्तै एक फिल्म, कलाकार र प्राविधिकलाई जुरी अवार्ड, संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड र गत वर्षबाट थपिएको लक्स पपुलर च्वाईस अवार्ड पनि समारोहबाट प्रदान गरिने छ । त्यसैगरी सर्बाधिक एसएमएस भोटिङका आधारबाट लक्स व्युटी स्टार छनौट हुनेछ, जस्को लागि वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठ एक अर्काको लागि प्रतिष्पर्धी बनेका छन् ।

तपाईको प्रतिक्रिया