मेलिना मानन्धर आजबाट ४० वर्षमा , अमेरिका पलायन भएपछि चलचित्रबाट हराइन्

काठमाडौँ । कुनै समयकी चर्चित नायिका मेलिना मानन्धरले आज जन्मदिन मनाएकी छिन् । सन् १९७७ को जनवरी १ मा काठमाडौँमा जन्मिएकी मेलिना आजबाट ४० वर्षमा लागेकी छिन् । काठमाडौँमा जन्मिएकी मेलिनाले ‘प्रियसी’ बाट नेपाली सिनेक्षेत्रमा प्रबेश गरेकी हुन् ।

सुरुवाती दिनमा अग्लो उचाई र पातलो शरिरको कारण पनि चलचित्रको अफर कम पाउँने गरेकी मेलिनाले बिस्तारै आफनो छाप छोडेकी उनी नायक मुकेश ढकालसंग बिवाह गरेपछि अचानक चलचित्र क्षेत्रबाट पलायन भइन् । विबाह गरेपछि चलचित्र क्षेत्रमा यि दुवैको संभावना कम भयो र अन्तत उनीहरु अमेरिका पलायन भए । मुकेश र मेलिनाका एक छोरी छिन् ।

तपाईको प्रतिक्रिया