एजेन्सी । क्रीकेटर बिराट कोहली र बलिउड नायिका अनुष्का शर्मा बिच बिवाह भएपछी सार्बजनिक भएको तस्बिरले मिडियामा खुबै तारिफ र चर्चा पायो । अब यो चर्चा सेलाउन नपाउदै अर्कि बलिउड अभिनेत्री दिशा पटानिको वेडिङ फोटो सुटले चर्चाको बाटो सुरु गरेको छ ।
दिशा बलिउडमा प्रवेश गरेको पनि खासै धेरै भएको छैन तर उनको अभिनय संगै सौन्दर्यताको कारण पनि सामाजिक सन्जालहरुमा दिनै फ्यान फलोईङ बढिरहेको देख्न सकिन्छ । उनले सुशान्त राजपुतको फिल्म ‘एमएस धोनी’बाट फिल्मकी बलिउड सिने उद्योगमा डेब्यु गरिन भने यसपछि हलिउड सुपरस्टार ज्याकी चेनको फिल्म ‘कुङ्फु योगा’मा अभिनय गरिन ।
उनी द्वारा अभिनित फिल्म हाल सम्म यहि २ ओटा मात्र हो भने अब उनि टाईगर श्राफको चलचित्र ‘बागी २’ मा अभिनेत्रीको रुपमा प्रस्तुत हुनेछिन । आफ्नो यो तेस्रो चलचित्र ‘बागी २’को छायांकन पनि सुरु गरेसकेकी दिशाको यो साच्चैको वेडिङ फोटोसुट भने हैन । मुम्बई बेष्ट ब्राईडल कम्पनिले स्टाईलिङको लागि मात्र गराएको हो ।