ईटहरी/ नायिका तथा निर्मात्री रेखा थापा केही समय राजनितीमा पनि निकै सक्रिय भईन । हाल सम्म पनि राजनितीमा छिन् तर जुन जोश जागर सहित होमिएकी थिइन पछिल्लो समय त्यो अनुरुप सक्रिय छैनन् । यसै सिलसिलामा हालै उनी ‘छोरिको निम्ति स्वर्णिम महाअभियान’नामक संकल्प सम्मेलनमा सहभागी हुन पुगेकी छिन् ।उक्त सम्मेलनमा उनले आगामी दिनमा बालबिवाह हुन नदिने संकल्प गरेकी छिन् ।
सो सम्मेलन गएको बर्ष देखि सुर्खेतबाट सुरु भएको हो । चलचित्रमा नारीको पक्षमा रहेर खरो प्रस्तुत हुने नायिका रेखा गएको शुक्रबार सो कार्यक्रममा पुगेकि हुन् । संकल्प सम्मेलनलाई बालविवाह अन्त्यका लागि नरबहादुर कार्किले चलाएका हुन् । उनि अन्तरास्ट्रिय लाईफ कोच हुन् ।नायिका थापाले आफ्नो सामाजिक संजाल फेसबुकमा एक पोस्ट गर्दै त्यहा सहभागी हुदाको तस्बिरहरु सार्बजनिक गरेकी छिन् ।
उनले तस्बिर संगै ‘बालविवाह अन्त्य गरौ..आउनुहोस् यो लामो र पबित्र यात्राको हिस्सा बन्नुहोस ‘छोरिको निम्ति स्वर्णिम नेपाल’ महाअभियान !’ भन्दै पोस्ट गरेकी छिन् ।
तस्बिर : रेखा थापाको फेसबुकबाट