एजेन्सी । भारतीय चलचित्र उद्योगमा जति चलचित्रको चर्चा हुने गर्छ, त्यति नै अफयर्स, विवाह र डिभोर्सको पनि ।बलिउडमा यस्ता केही जोडीहरु पनि छन्, जसको विवाहको समय अन्यको तुलनामा धेरै चर्चा भए । कारण उनीहरुको उमेर । हिन्दु समाजमा आफुभन्दा जेठो विवाह गर्नु उपयुक्त मानिंदैन । त्यसैले पनि होला, भारतीय चलचित्र क्षेत्रका हस्तीहरुको सोही प्रकृतिका विवाहको बढी चर्चा भए । हेरौं श्रीमानभन्दा श्रीमती रहेका बलिउडका पाँच जोडीः
१.ऐश्वर्या राय बच्चनः
विश्वसुन्दरी ऐश्वर्या राय बच्चन अबको केही दनमा ४३ वर्षकी हुँदैछिन् । २० अप्रिल सन् २००७ मा बच्चन परिवारका एक्लो सन्तान अभिशेकसँग वैवाहिक बन्धनमा बाँधिएकी ऐश्वर्या आफ्ना पतिभन्दा ३ वर्ष जेठी थिइन् । उनको विवाह यसैकारण पनि निकै चर्चामा रह्यो ।
२. फराह खान
कोरियषेग्राफर, अभिनेत्री तथा निर्देशक फराह खान पनि आफुभन्दा कान्छा विवाह गर्नेको सूचीमा अग्रणी स्थानमा छिन् । कारण उनले आफुभन्दा आठ वर्ष कान्छा शिरीष कुन्दरसँग वैवाहिक गाँठो कसेकी थिइन् । सन् २००४ मा वैवासिहक बन्धनमा बाँधिएका यी जोडीलाई कतिपयले दिदि भाई जस्तो पनि भनेर जिस्काउने गरेका छन् ।
३.अर्जुन रामपाल
नायक अर्जुन रमपलले कपनि आफुभन्दा जेठीसँग वैवाहिक सम्बन्ध सुरु गरेका थिए । सन् १९९८ मा मेहर जेसिकासँग वैवाहिक बन्धनमा बाँधिएका रामपालले आफुभन्दा २ वर्ष जेठी पत्निसँग विवाह गरेका हुन् ।
४.सेफ अलि खान
यो सूचीमा पत्निभन्दा सबैभन्दा कम उमेरका पति हुन् सेफ अलि खान । उनले सन् १९९१ मा नायिका अमृता सिंहसँग विवाह गरेका थिए जो आफुभन्दा १२ वर्ष जेठी थिइन् ।
५.फरहान अख्तर
रक अन नायक फरहान अख्तर पनि आफुभन्दा जेठी श्रीमति विवाह गर्नेहरुको सूचीमा अग्रणी छन् । सन् २००० मा विवाह गरेका फराहनले आफुभन्दा ७ वर्ष जेठी अधुना अख्तरलाई रोजेका थिए ।