इटहरी फेशन परेडकाे सम्पूर्ण तयारी पुरा

परेडमा संस्कृतिक कार्यक्रमहरूका साथ खानपिनकाे समेत मज्जा लिन सकिने

इटहरी /  इटहरी फेशन परेडकाे सम्पूर्ण  तयारी पुरा भएकाे अायाेजकले जनाएकाे छ । भारतकाे ब्युटी प्राेडक्ट कम्पनी अर्गानिक हार्वेस्ट मुख्य प्रायाेजक रहेकाे इटहरी फेशन परेडका लगभग सम्पूर्ण टिकटहरू बिक्री भैसकेकाे र इटहरीबासीहरूले यस कार्यक्रमलार्इ उत्साहजनक रूपमा लिएकाे कार्यक्रमका इभेन्ट म्यानेजर कृष्ण श्रेष्ठले बताउनुभयाे ।  कार्यक्रममा नेपालकी नव नायिका रेश्मा घिमिरे, रिमा बिश्वकर्मा लगायत अन्य १५ जना चर्चित माेडलहरूकाे पनि सहभागिता रहने भएकाे अायाेजकले जनाएकाे छ ।

कार्यक्रमकाे प्रायेजक नेपाल अाइस रहेकाे छ भने सह प्रायाेजक बराह ज्वेलर्स धरान रहेकाे छ । त्यस्तै कार्यक्रमकाे सपाेर्टमा यमहाँ , बकाडी रम, हट सिक्स काेरियन इनर्जी ड्रिंक, हवाइ अाेसिया हर्वल, अाेखती सबुन , जावीरा लगायत रहेका छन । सम्मर, लेहेंगा, सारी, गउन, ब्राइडल लगायतका बिभिन्न सिजनका डिजाइनहरू उक्त कार्यक्रममा प्रश्तुत रहने  छन् । कार्यक्रममा उपस्थितहुनका लागि  अतिथिहरूकाे अागमन हुन थालिसकेकाे र कार्यक्रमका लागी अावश्यक डिजाइन, निमन्त्रणा लगायतका सम्पूर्ण कार्यहरू सकिएसकेकाे कार्यक्रमका इभेन्ट डाइरेक्टर मनिता तामाङ् एवं निलिमा  थुलुङ्ग पराजुलीले जानकारी दिएकी छिन् ।

इटहरीमै पहिलो पटक अायाेजना गरीएकाे उक्त कार्यक्रमले  नेपालको कला ,संस्कृति ,फेसन तथा पर्यटक क्रियाकलापहरूलार्इ थप टेवा पुग्ने  र उक्त कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरूका साथ राष्ट्रिय स्तरका कलाकारहरु संग संगै खानपिनकाे समेत मज्जा लिन सकिने जनाइएकाे छ । । इटहरी स्थित पहिरन बुटिक तथा रूपकला मेकअप स्टुडीयाेले संयूक्त रूपमा संचालन गर्ने उक्त कार्यक्रमलार्इ  साहारा ग्रुप इन्टरटेन्मेन्ट प्रा.लि.ले व्यवस्गापन गर्नेछ । कार्यक्रम बैशाख २१ गते इटहरी बेङकुइटमा हुने छ ।

तपाईको प्रतिक्रिया