नेपाल फर्किएर गीत रेकड्रिङमा व्यस्त हुदै भाबुक

काठमाडौँ। खोटाङ जिल्लामा जन्मिएका नब गायक केशब भाबुक विदेश छोडेर नेपाल फर्किएर यति बेला गीत रेकड्रिङमा व्यस्त छन् । केहि समय आगाडी मात्र नेपाल फर्किएका केशब “भाबुक” एल्बम लिएर छिट्टै बजारमा आउने छन्। गीत रेकड्रिङको काम भइरहेको हुनाले अब दर्शक स्रोताले धेरै कुर्न नपर्ने बताए । उनको “भाबुक” एल्बममा ९ वटा गितले बास्तबिक जीबनको भोगाइलाई समेटेको छ।

चर्चित संगीतकार तथा गायक बिनोद खम्बुको एकल संगीतमा रहेको भाबुक एल्बममा निकै मिठो स्वरका धनि नव गायक केशबको आवाजमै सजिएको छ। “भाबुक” एल्बम अब चाडै बजारमा आउन गायक भाबुकले जानकारी दिए।

तपाईको प्रतिक्रिया