संगीत साधना प्रतिष्ठान इटहरीलाई गीतकार पूजा मारियाको सहयोग

इटहरी । गीतकार पूजा मारियाले इटहरीमा रहेको संगीत साधना प्रतिष्ठानलाई आफ्ना पछिल्लो दुई एल्बम जीवन साथी र परदेशीको यादमा बिक्रीबाट आएको रु दश हजार रुपैयाँ हस्तान्तरण गरेकी छन् । पूर्वमा रहेर गीतसंगीतमा क्रियाशील रहँदै आएकी मारिया राजधानी र पूर्वलाई जोड्ने एक सफल गीतकारका रुपमा परिचित छिन् ।

केही समय पहिला सार्वजनिक भएको आधुनिक गीतिसंग्रह जीवन साथी र लोकदोहोरी एल्बम परदेशीको यादमा सार्वजनिक भएपछि बिक्री भएको रकमबाट संगीत साधना प्रतिष्ठानलाई सहयोग गरेकी हुन् । संगीत साधना प्रतिष्ठानको सहयोगार्थ विमोचन गरिएको उक्त एल्बमबाट आएको दश हजार प्रतिष्ठानका महासचिवमा राजु केसीलाई हस्तान्तरण गरेकी हुन् ।

तपाईको प्रतिक्रिया