मिस नेपाल २०१७ को कलेज एक्टिभेशन धरान र इटहरीमा

धरान / हिडेन ट्रेजरको आयोजनामा हरेक बर्ष आयोजना हुँदै आएको मिस नेपालको  नया संस्करणको लागि उत्क्र्सट प्रतियोगीहरु  खोज्दै बिभिन्न सहरहरुमा अडिसन लिने क्रममा आउदो चैत्र २९ गते धरानको होटल नवयुगमा अडिसन राखिएको छ ।

अडिसन अघि आइतबार इटहरीको नमुना कलेज र कस्तुरी एकेडेमी  र सोमबार धरानको धरान मोडल कलेज र धरान सिटी कलेजमा  मिस नेपालको  अफिसियल कोरियोग्राफर रचना गुरुङ शर्माले सहायक कोरियोग्राफर तथा जेरी अभिनेत्री अमालिया शर्मा र मिस पुर्वान्चल फर्स्ट रनर अप  इक्सा मादेन सहितकोटिमसंग  मिस नेपालमा किन भिड्ने र केका लागि भिड्ने भन्ने बारेमा जानकारी दिंदै यसको महत्वको बारेमा बताएका थिए ।

 साथै विद्यार्थीहरुको जिज्ञाशाको उत्तर दिंदै शर्माले मिस नेपालमा भिडेर ६ हफ्ताको लामो प्रशिक्षणबाट सबैजना आफ्नो समाजको मिस नेपाल बन्न सक्ने बताउनुभयो

धरानको कलेजमा मिस्टर एंड मिस फेसिनो प्रतियोगिता समेत आयोजना गरिएको थियो  । जस अन्तर्गत यामाहा फेसिनो स्कुटीमा बसेर फोटो खिच्ने हरेक कलेजका प्रतियोगीहरु मध्ये दुइजनालाई यामाहा फेसिनो स्कुटीको खरिदमा ५० हजार छुटको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया