यस्तो छ राम चरणको ९० करोड भारू पर्ने घर

एजेन्सी। साउथ फिल्मका स्टार एवं सुपरस्टार चिरञ्जिबीका छोरा यसै सोबारबाट ३२ वर्षका भए। २७ मार्च, १९८५ मा चेन्नईमा जन्मिएका राम चर्णले सन् २००७ मा पुरी जगन्नाथको फिल्म ‘चिरूथा’बाट फिल्ममा डेब्यू गरेका थिए। बलिउड फिल्म ‘जंजिर’मा उनले सन् २०१३ मा डेब्यू गरे। फिल्ममा प्रियंका चोपडा उनको जोडी बनेकी थिइन्। फिल्म फल्प भएपछि उनी अर्को बलिउड फिल्ममा देखिएनन्।

उनी विवाहित हुन्। उनले भातको चर्चित अस्पताल एपो अस्पतालका अध्यक्षकी नातिनी उपासना कमिनेनीसँग विवाह गरेका छन्। उनले गत वर्षबाट आफ्नै फिल्म निर्माण कम्पनीको स्थापना गरेका छन्। रामचरणसँगै उनको घरको पनि विशेष चर्चा हुने गर्छ. उनी बस्ने घरको मूल्य ९० करोड भारू हो। उनको घरमा विश्व स्तरिय सुविधाहरू उपलब्ध छ। उनका घरका भित्ताहरू महँगा चित्रकलाले सजिएको बताइन्छ।

तपाईको प्रतिक्रिया