इटहरी / पूर्वको इटहरीमा रही एक दशकअघिबाट गीत संगीतमा संघर्षशिल लोक गायिका अन्जु खड्का (गौतम) आफ्नो ९ औं गीति एल्बम ‘दुई दिने रामछाँया’को तयारीमा जुटेकी छन् । सो एल्बममा ५ वटा पूर्वेली भाकाका लोकगीतहरु समावेश गरिने गायिका गौतमले बताइन् । जसमा ४ वटा गीत काठमाण्डौंमा रेकर्ड भैइसकेका छन् । अब १ वटा गीत रेकर्ड गर्न बाँकी रहेको उनले बताइन् । ०७४ बैशाखभित्रमा आफ्ना प्यारा श्रोताका लागि उपहार स्वरुप आफ्नो ९ औं एल्बम ल्याउने योजना रहेको उनले सुनाइन् ।
एल्बममा समावेश गरिने ५ गीत मध्ये १ वटाको शनिवार काठमाण्डौंको गोकर्ण रिर्सोटमा छायांकन गरिएको छ । एक साताभित्र सो गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिसक्ने योजना रहेको उनले बताइन् । माघव दाहालको शब्द÷लय संकलनमा बनेको एक सरे माया लाउदै जाउ लै लै … बोलको गीतको छायांकन गरिएको हो । यो गीतमा अन्जुले आफ्नो स्वर दिएकी छन् । पुर्वको त्यो पनि पुरानो लोकभाका यो गीतमा सुन्न सकिने उनको भनाई छ । सो गीतमा दीपक डोटेल ,कल्पना दाहालले मोडलिङ गरेका छन् ।
गीतमा सागर गौतमले क्यामेरा चलाएका छन् । सो गीतको म्यूजिक भिडियोको निर्देशन काजीमान गुरुङले गरेका छन् । यसअघि अन्जुले ८ वटा लोक तथा आधुनिक गीत समावेश गरिएका गीति एल्बम श्रोता सामु ल्याईसकेकी छन् ।