​प्याब्सन सिङगिङ आइडल : तेस्रो चरणको अडिसन सम्पन्न

इटहरी / प्याब्सन सुनसरीले आयोजना गरेको प्याब्सन सिङगिङ आइडलको तेस्रो चरणको अडिसन सम्पन्न भएको छ । अाज शनिबार भएको प्रतियोगितामा ४० भन्दा बढि विद्यार्थीले अडिसन दिएका छन् । तेस्रो चरणको अडिसनबाट २० जनालाई चौथो चरणमा छानिएको प्याब्सन सुनसरीका अध्यक्ष सुमित थापाले जानकारी दिए ।
२४ गतेबाट सुरु भएको प्रतियोगितामा सुनसरीभरीका पाँच सय भन्दा बढि विद्यार्थीले प्रारम्भिक अडिसन दिएका थिए । प्रतियोगितालाई विभिन्न पाच चरणमा अघि बढाइने कार्यक्रम संयोजक ज्ञानेन्द्र दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया