६ वटा गीत सहित प्रोजक्ट वानको पहिलो एल्बम

काठमाडौं । अर्ना लाईटले सकारात्मक प्रभाव पर्ने उद्देश्य सहित फेरि उठ्नेछ नेपाल – १ ( जावलाखेलमा नेपथ्यको लाइभ सहित) सन् २०१६ मा सम्पन्न गरेको थियो । दोस्रो संस्करण पोखरामा नेपथ्यको लाइभ सहित) सन् २०१७ मा सम्पन्न भएको थियो भने हालै बुटबलमा गत जनवरीको २७ तारिखमा सम्पन्न भएको छ र मेची देखि महाकाली सम्म विभिन्न सांगीतिक कार्यक्रम सम्पन्न गर्ने उद्देश्य सहित अघि बढ्दै छ ।

र प्रोजेक्ट वानले देशका विभिन्न शहरहरुमा सांगीतिक कार्यक्रमहरु प्रस्तुत गर्दै आएको छ । जस अन्तर्गत यस वर्ष पहिलो चरणमा चितवनको नारायणी किनारमा अप्रेल ७ तारिखमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो भने दोस्रो कार्यक्रम २० अप्रिलमा धरानमा सम्पन्न गरेको थियो भने तेस्रो इभेन्ट २८ अप्रिलमा काभ्रेको बनेपामा आयोजना गर्न गइरहेको छ ।

हाल प्रोजेक्ट वानको नयाँ प्रोडक्सन बनेपा जस्तो स्थानमा पहिलो पटक ऐतिहासिक इभेन्ट गर्न गइरहेको छ जहाँ ४ हजार भन्दा बढी सहभागीहरुको सहभागीता हुने छ । ब्यान्डले सन् २०१८ मे महिनाको दोस्रो हप्तामा आफ्नो एल्बल प्रस्तुत गर्ने छ र अर्ना फेरि उठ्ने छ नेपालका नाममा म्युजिक भिडियो अप्रेल महिनाको पहिलो हप्ता आधिकारिक रुपमा प्रस्तुत गरिने छ । प्रोजेक्ट वानको पहिलो एल्बममा कूल मिलाएर छवटा गीतहरु समावेश गरिनेछ । समाविष्ट गीतहरुले प्रेरणादायी एवं सामाजिक विषयसँग सम्बन्धित विषयमा हुने छन् ।

 

 

PURBELI TV

तपाईको प्रतिक्रिया