६ दिनमा ऋतिकको ‘सुपर ३०’ले कमायो ७१ करोड


एजेन्सी / बलिउड अभिनेता ऋतिक रोशनको मुख्य अभिनय रहेको चलचित्र ‘सुपर ३०’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले छैटौं दिनसम्ममा ७१ करोड भारूको कमाइ गरेको छ ।

पहिलो दिन शुक्रबार ११.८३ करोडको व्यापार गरेको ‘सुपर ३०’ले दास्रो दिन शनिबार १८.१९, तेस्रो दिन आइतबार २०.७४, चौथो दिन सोमबार ६.९२ र पाँचौ दिन मंगलबार ६.३९ छैटौं दिन बुधबार ६.९३ करोडसहित कुल ७१ कराेडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…