३ वर्षपछि श्वेताको अनुहारमा होलीको रङ, श्रीकृष्णकाे यसरी गरिन् सम्झना…

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका श्वेता खड्काले पनि यस वर्ष होली पर्व मनाएकी छिन् । तीन वर्षपछि मात्रै खड्काको अनुहारमा होलीको रंग देखिएको हो । नायिका श्वेता खड्को सबैभन्दा पि्रय चाड थियो होली । तर, त्यो दुखदायी घटनापछि भने उनी रंगहरुसँगै तर्सिन थालिन् । होली खेल्न छोडिन् ।

तीन वर्षदेखि होलीमा बेरंग भएर बसेकी श्वेतालाई यसपाली भने परिवारका सदस्यहरुले धरै दिएनन् । ‘बिहानै बाहिर एउटा मिटिङमा भाग लिएर घर फर्केकी थिएँ,’ उनले सुनाइन्, ‘सबै जनाले मलाई च्याप्पै समातेर रंग दलिदिनुभयो ।’ त्यसपछि भने उनी पनि खुलिन् । घरभित्रै आमा, भाई बुहारीसँग रमाइन् । फेसबुकमा लाइभ पनि देखाइन् । तर आज पनि बाहिर निस्कने भने उनको योजना छैन । इताजाखबर बाट

‘विभिन्न कार्यक्रममा बोलावट आएको छ, तर कतै जान्न,’ उनले भनिन्, ‘घरमा आउनेहरुलाई रंग लगाइदिन्छु ।’ उनी आज श्रीकृष्ण श्रेष्ठ विवाहअघि खेलेको होली झल्झली सम्भिरहेकी छिन् । उनीहरुले इजरायलमा नेपालीहरुसँग त्यो होली मनाएका थिए । तर, त्यो बेलाको फोटो आफूसँग नभएकोमा उनलाई थकथकी लागिरहेको छ ।

तपाईको प्रतिक्रिया