२४ वर्षीया सुन्दरीको ५० नाघिसके सलमानकासँग बिहे गर्ने चाहना

नायक सलमान खान उमेरले ५० नाघिसके। तर पनि अविवाहित नै छन्। उनको प्रेमिकाको लिस्ट लामै छ। संगीता बिजलानी, ऐश्वर्या राय बच्चन, कट्रिना कैफ जस्ता अभिनेतृहरू उनको जीवनमा आए पनि उनले विवाह गरेनन्। उनलाई चाहनेहरू उमेरमा उनीभन्दा आधा कम र आधाभन्दा पनि कमका युवती छन्, जो उनी भनेपछि मरिहत्ते गर्छन्।

बलिउडका टेलिभिजन कार्यक्रमहरूमा युवतीहरू उनलाई प्रेम प्रस्ताव राखिरहेका र सलमान भने लाज मानिरहेका तथा जवाफमा मुस्कुराइरहेका देखिन्छन्। यस्तै उनीसँग विवाह गर्न चाहने एक बलिउड अभिनेतृ रहेकी छिन्, जो उमेरले मात्र २४ वर्षकी हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार २४ वर्षीया उर्वशी रौटेलाले एक अन्तर्वार्ताका क्रममा आफूले नायक सलमान खानस“ग विवाह गर्न चाहेको बताएकी हुन्। हेट स्टोरी–४ कि यी नायिकाले चर्चामा आउनका लागि पनि यस्तो भनेकी हुन सक्छिन्। सुन्दरी भएर पनि हिजोआज उनी खाली हात बसिरहेकी छन्।

फिल्म बाबिलमा सारा जमाना बोलको आइटम गीतका कारण चर्चामा आएकी उनले फिल्मबाट भने चाहेजस्तो सफलता पाउन सकेकी छैनन्। उनी बलिउडमा राम्रो फिल्मको अफरको प्रतिक्षामा छिन्। नेपाल समाचार पत्रबाट ।

Purbeli TV

तपाईको प्रतिक्रिया