२३ औं संस्करणको मिस नेपाल खोज्दै हिडेन ट्रेजर पूर्वमा

धरान / हिडेन ट्रेजरर्को आयोजनामा हरेक बर्ष आयोजना हुने नेपालकै प्रतिष्ठित सौन्द्र्य प्रतियोगिता मिस नेपालको २३ औं संस्करणको लागि शुक्रबार  धरानको नवयुग होटलमा अडिसन राखिएको छ । पुर्वबाट सहभागी हुन चाहनेहरुको सजिलोको लागि धरानमा अडिसन राखिएको हिडेन ट्रेजरर्को निर्देशक अजय स्थापितले बताउनुभयो ।

आगामी चैत्र २८ गते काठमाण्डौमा भब्यरुपमा मिस नेपालको फिनाले आयोजना हुने र यसको लागि धरान, बिर्तामोड , चितवन , नेपालगंज, बिरगंज  हुदै आगामी फाल्गुन ५ गते  काठमाण्डौमा अन्तिम अडिसन गरि २५ जना प्रतियोगीहरुको छनौट गरिनेछ । ५.४ इन्च , प्लस २ पास र १९ देखि २५ बर्ष उमेर पुगेका युवतीहरुले मिस नेपालमा भाग लिन पाउनेछन् । आज मिस नेपालको अडिसन संगै युएन कलेज ,धरान कलेज अफ म्यानेजमेन्ट लगायतका कलेजमा मिस नेपाल अर्थ रोजिना श्रेष्ठ कलेज क्यम्पिनमा सहभागी हुनेछिन  ।

तपाईको प्रतिक्रिया