१८ बर्ष पुरानाे मुद्धाबाट यसरी पन्छिए बलिउड नायक सलमान खान : अदालतले समेत दियाे सफार्इ

एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई १८ बर्ष पुरानो मुद्दामा सफाई मिलेको छ । जोधपुरस्थित सेन्सेस अदालतमा हरिण शिकारसँग सम्बन्धित मुद्दा चलिरहेको थियो । सलमान खान आफ्नी बहिनी अलवीराको साथ अदालत पुगेको केही मिनेट मै फैसला सुनाइएको थियो । बुधबार बिहान सलमान खानलाई मुद्दाबाट सफाई मिलेको फैसला सुनाइएको हो ।फैसला सुन्ने बित्तिकै सलमान खान अदालतबाट बाहिरिए ।

निकै खुशी देखिएका सलमान खान आफ्ना फ्यानलाई अटोग्राफ दिए । नियमअनुसार फैसला आरोपलाई सुनाएर पढ्नु पर्ने भएकाले सलमान स्वयंम अदालत पुगेका थिए । सन् १९९८ मा ‘हम साथ साथ है’ फिल्मको शुटिङका क्रममा तीन स्थानमा हरिश शिकार गरेको आरोप सलमानलाई थियो ।

जोधपुरको नजिक भवाद गाउँमा २ कालो हरिण तथा घोडा फर्ममा १ किलोको हरिण र काकणी गाउँमा २ किलो हरिण शिकार भएको थियो । यदि सलमान दोषी पाइए सात बर्षसम्म जेल सजाय हुनसक्थ्यो । तर, सलमानलाई अदालतले सफाई दिएको छ । अदालत बाहिर ठूलो संख्यामा सलमानको फ्यान उपस्थित थिए ।

तपाईको प्रतिक्रिया

Loading…