१६ मुनिकालाई ‘शेरबहादुर’ हेर्न अभिभावक

काठमाण्डौ/ ‘शेरबहादुर’ लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘पिजी सर्टिफिकेट’ दिएको छ । यही शुक्रवार अर्थात माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मलाई आइतवार सेन्सर बोर्डले १६ वर्ष उमेर मुनिकाले अभिभावकको साथमा रहेर हेर्न मिल्ने गरि प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको हो ।

‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । फिल्ममा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । फिल्ममा सुनिल थापाले शेरबहादुरको भूमिका निर्वाहा गरेका छन् ।

‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी फिल्ममा रहेको छ। ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।

तपाईको प्रतिक्रिया