ह्यान्डसम लाहुरे अब बने गायक

  इटहरी ।पेशाले ब्रिटिश आर्मी भएपनि गायनका शौकिन सुरेन तम्लिंग लिम्बु समयले साथ दिएसम्म साथीभाईहरुको जमघट होश या विभिन्न् सांगीतिक कार्यकर्म उनि गाउन तम्सिहाल्थे । उनको गायकीमा धेरै तारिफ आउन थालेपछि आफ्नो स्वरमा एउटा सांगीतिक एल्बम नै निकाल्ने जोश आएर “आफ्नो “ नामक एल्बम तयार गरेका छन् सुरेनले ।

नेपालमा छुट्टीमा आएको मौका छोपेर उनले काठमाडौंको सेवा डिजीटलमा  ६ वटा गीत रेकर्ड गरिसकेका छन् । लोक ,पप , रोमान्टिक पाराका गीतहरु को शब्द उनको आफ्नै रहेको छ भने संगीतकार उत्तमजंग लिम्बुको संगीत रहेको छ  । एउटा गीतमा आफै संगीत भरेका सुरेनलाई हात तिम्रो भए बोलको गीतमा गायिका सुनिता थेगिमले साथ् दिएकी छिन् ।

डार्लिंग आइ लब यु , तिमि मलाई , एउटा  हात तिम्रो ,कता  हिड्या निरमाया , एक्लो छ ज्यान , सोझी सोझी गाउँकी  लगायतका गीत हरु रहेको उनको एल्बमका सबै गीत हरु भिजुलाइज़ समेत गरिसकेका छन् । हरि हुमागाईं ,युगल पोमो ,कमल राई लगायतका निर्देशक हरुले निर्देशन गरेको भिडियोमा निराजन प्रधान ,पबिता राई, माला  लिम्बु .उपासना नेम्बांग ,लक्ष्मी श्रेष्ठ ,सिर्जना राई र चचित हाँस्य कलाकार विल्सन बिक्रम राई संगै उनि आफैले समेत अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…