हट अवतारमा ईशा (फोटो फिचर)

इटहरी/ हरेक मानिसको आआफ्नै इच्छा आकांक्षाहरु हुन्छन । आफु संग भएका विभिन्न अन्तर्निहित प्रतिभाहरुलाइ अझ प्रस्फुटन गराउन उपयुक्त प्लेटफर्म पाएको खण्डमा अकल्पनीय सफलता सहजै हात पार्न सकिन्छ । त्यस्तै मोडलिङ्ग संगै डान्समा निकै पोख्त मोडल हुन् भरौल निवासी इशा परियार । मोडलिङ्गमा संघर्षरत उनि घर परिवारबाट पुरै सपोर्ट भएकै कारण आज मोडलिङ्ग क्षेत्रमा अघि बढिरहेको बताउछिन । भारतको गोवामा गएर पनि आफ्नो डान्स कला प्रस्तुत गरिसकेकी इशाले देश तथा बिदेशका धेरै स्टेजमा डान्स प्रस्तुति दिएकि छिन । निकै सहयोगी तथा मिजासिलो स्वभावकी उनले दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन ।

पछिल्लो समय राजधानीमा बसेर संघर्षरत उनि अभिनित ‘महल’ र ‘यो दिलबाट’ निकै उत्कृष्ट म्युजिक भिडियो निर्माण भएका छन् । उक्त्त म्युजिक भिडियो युट्युबमा सार्बजनिक समेत भैसकेका छन् । मोडलिङ्ग क्षेत्रमा देखिएका बिकृतिलाइ औल्याउदै नाङ्गिएर भन्दा पनि आफ्नो कला देखाएर यो क्षेत्रमा योगदान दिने उनको चाहना रहेको बताउछिन ।

Purbeli TV

तपाईको प्रतिक्रिया

×