हेर्नुस् कुमारी प्रियंका ट्रेण्डिङ्गमा

ईटहरी/ नेपालि फिल्मी दुनियामा एकबेला सिनेप्रेमिहरुले फिल्म हेर्न निकै प्रतीक्षा गर्ने नायिका भित्र पर्थिन प्रियंका कार्की । तर पछिल्लो समय नेपालि सिने क्षेत्र नयापुस्ताले हुईक्याउन थालेपछि प्रियंकाको पुरानो क्रेज घट्दै गैरहेको छ । यद्धपि उनको व्यस्तता भने घटेको छैन फिल्म, कार्यक्रम, म्युजिक भिडियो लगायतमा उनि ब्यस्त नै छिन । पछिल्लो समय उनको अभिनयमा सार्बजनिक भएको ‘कुमारी’ बोलको गीतको भिडियो यतिबेला युट्युब ट्रेण्डिङ्गमा प्रवेश गरेको छ ।

टंक तिमिल्सिनाको आवाज रहेको उक्त गीतलाई एक नारायण भण्डारीले संगीत गरेका छन् भने उनैले गीतको सब्दहरु कोरेका हुन् । डान्स बिटको गीतको भिडियोलाई एक नाईट क्लब भित्र दर्जनौ कोरस राखेर आकर्षक शैलीमा निर्माण गरिएको छ । गीतमा अराज केशवले र्याप गाएका छन् । श्याम स्वेत रसाईलीले एरेन्ज गरेको गीतको भिडियोलाई हामीले यो समाचार तयार गर्दा सम्म ३ लाख १६ हजार बढि पटक हेरिएको छ ।

सार्बजनिकको ५ दिन पुग्ने लाग्दा भिडियो युट्युब ट्रेण्डिङ्गमा समेत प्रवेश गरेको छ । ४४ औ स्थान हुदै ट्रेण्डिङ्गको यात्रा सुरु गरेको भिडियो हालसम्म २ स्थान उक्लिदै ४२ औ स्थानमा आईपुगेको छ । भिडियोले ५ हजार बढि लाईक पाएको छ भने १ हजार बढि सकारात्मक प्रतिक्रिया बटुलेको छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने सुदिप भुषालले छायांकन गरेका हुन् । टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेको भिडियोलाई टंककै अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया