हुने वाला प्रियंकाका ११ बर्ष कान्छा श्रीमान, जस्को कमाई प्रियंकाको भन्दा धेरै माथि छ

केही दिन अघि बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग इन्गेजमेन्ट गरेकी छन् । प्रियंकाले जुलाई १८ तारिखमा आफ्नो ३६ औं जन्मदिनमा लण्डनमा प्रेमी निकसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

प्रियंकाका भावी श्रीमान निक उमेरमा प्रियंका भन्दा ११ वर्ष कान्छा छन् । तर, कमाईको कुरा गर्नुपर्दा प्रियंकाको कूल सम्पत्ति ११ मिलियन डलर छ भने २५ वर्षे निकको २५ मिलियन डलर कूल सम्पत्ति छ ।

प्रियंकाको निक अघि असिम मर्चेन्ट, अक्षय कुमार, हरमन बावेजा, शाहिद कपुरसँग नाम जोडिएको थियो भने निक भने माइली साइरस, सेलेना गोमेज, निकोन एन्डरसन, डेल्ट गुडरेम, ओलिविया कल्पो, डेमी लोवेटोसँगको अफेयरका कारण चर्चामा थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया