हिरोईनको गोप्य तस्विर एकाएक सामाजिक सञ्जालमा भाइरल बनेपछि…

एजेन्सी । बलिउडका प्रायस्जसो हिट मुभिहरु रिलिजकै दिन हल प्रिन्ट र केहि सक्कली नै बिभिन्न डिभाईस मार्फत् लिजेक हुने गरेका छन् । ति डिभाईसहरु खुलेयाम बिक्रि गरेर रिलिजै दिन देखि हेर्ने गरिन्छ तैपनि बलिउड बजार र मेकरहरु भने आत्तिदैनन् ।

बलिउड बजार ठुलो रहेको र अन्तर्राष्ट्रिय बजार रहेकाले पनि पाईरेसी र डुब्लिकेटले खासै असर पर्दैन । तर कुनै फिल्मको गोप्य दृष्य रिलिज पुर्ब बाहिरिदा पुरै फिल्मको अंस र रहस्य खुल्ने हुदा त्यसको प्रत्यक्ष असर फिल्मको ब्यापारमा पर्ने गरेको छ ।

यस्तै भएको छ चलचित्र ‘जुलि २’लाई । शुक्रबार अर्थात् आजबाट प्रदर्शनमा आउनु पुर्व नै बलिउड फिल्म ‘जुली २’ मा समावेश केहि दृश्य बाहिर आएपछि निर्माण टिम तनाबमा परेको छ ।

हटको उपमा पाएकी अभिनेत्री राय लक्ष्मीले त टुइटरमा रिस पोख्दै आपत्ति समेत जनाएकी छिन् । एक समय क्रिकेटर महेन्द्र सिंह धोनीसँगको अफेयरको कारण चर्चामा आएकी राय लक्ष्मीले क्षेत्रिय फिल्म गरिसकेपछि यो फिल्मबाट नै वलिउडमा डेब्यू गरेकी हुन् ।

शुक्रबारबाट प्रदर्शनमा आउनु पुर्व नै यो फिल्ममा समावेश केहि ‘इन्टिमेट’ दृश्यहरु बाहिर आएका थिए । जहाँ हट अबतारमा ‘लिप लक’ दृश्यमा राय लक्ष्मी देखिएकी छिन् ।

अनलाइनमा सार्वजनिक दृश्यपछि पाइरेसी विरुद्ध निर्माण टिमले आवाज उठाएको छ । तीन मिनेट लामो उक्त दृश्य बाहिरिएको भारतिय मिडियामा समाचार छ । दिपक शिवदासानी निर्देशित चलचित्र ‘जुली(२’ सन् २००४ मा बनेको ‘जुली’को सिक्वेल फिल्म हो ।

तपाईको प्रतिक्रिया