हिरोइन संचिताको तर्क : छोडी गए पाप लाग्ला पछिको उत्कृष्ट फिल्म हुनेछ राधा

जीवनले भने अब बर्षमा २ वटा मात्र फिल्म खेल्छु

यो उनको आत्माले भनेको कुरा हो रे । ईलामको श्री अन्तु डाँडामा राधा फिल्मको सुटिङ भईरहदा हिरोइन संचिता लुइँटेलले आफ्नो हिट फिल्म छोडी गए पाप लाग्ला पछिको अर्को उत्कृष्ट फिल्म राधा हुन सक्ने तर्क गरेकी छिन् । छोडी गए पाप लाग्ला ५ बर्ष अघि रिलिज भएको फिल्म हो जुन फिल्मले ब्यापारिक हिसावमा मात्र हैन समीछक र अवार्ड समारोहहरुमा पनि उत्कृष्टता हासिल गरेको थियो ।

सुटिङ रिपोर्ट फिचर गर्ने क्रममा उनले फिल्मको कथा अत्यन्त राम्रो भएको भन्दै यस्तो फिल्मलाई दर्शकले रुचाउँन सक्ने प्रवल सम्भावना देखेको बताइन । जीवन लुइँटेलसंग पहिलो पटक अनस्क्रिन रोमान्स गर्ने मौका पाएकी उनले फिल्म मेकिङमा समेत निर्देशक योगेश घिमिरेको मिहिनेत देखिएको बताउँदै टेक्निकल हिसावमा पनि राधा राम्रो बनेर दर्शक माँझ आउँने तर्क गरेकी छिन् । उनले भनेकी छिन् योगेश जी संग मैले सम्झना र सपुत गरी दुई वटा फिल्ममा काम गरिसकेको हो त्यसैले धेरै बर्ष पछि उहाँसंग पुन ः काम गर्दा उहाँको फिल्म मेकिङ गर्ने शैलीमा परिवर्तन आएको पाएँ जुन पछलाई म खुलेर तारिफ गर्छु । नेपालमा पहिलो पटक घाम उदाउँने छेत्रका रुपमा परिचित श्री अन्तु डाँडा बाहेक दार्जेलिङको मिरिक र झापाको विर्तामोडमा राधाको सुटिङ भईरहेको छ अहिले ।

1
उता निर्देशक योगेशले पनि आफ्नो मुख्य ध्याननै टेक्टिकल पाटो र कथामा भएको भन्दै राम्रो फिल्म बनाउँन कन्जुसाई नगरेको बताएका छन् । राधाको कथा चाँहि महंगा स्क्रिप्ट राईटरको रुपमा चिनिने प्रदीप भारद्धाजको हो जो संचिताको फिल्म छोडी गए पाप लाग्लाका पनि स्क्रिप्ट राईटर हुन । गत बैशाख २४ देखि छायाँकन सुरु भएको यो फिल्मको सम्पूर्ण छाँयाकन पूर्वाञ्चलमै हुनेछ । पछिल्लो केही समय अमेरिकामा बसी नेपाल आएका अभिनेता जीवन लुइँटेलले पनि राधाको स्टोरीले नै सवै भन्दा शसक्त पछ रहेको भन्दै यो फिल्मलाई दर्शकले रुचाउँने प्रबल सम्भावना देखेको बताए ।
उनले भनेका छन् बर्षमा २ वटा मात्र फिल्म खेल्ने निर्णयमा पुगेको छु त्यसकारण धेरै स्क्रिप्ट छनौट गर्ने क्रममा मलाई राधाको स्क्रिप्टले छोयो र यो फिल्म गरेको हुँ । यदि यो फिल्मको कथा राम्रो नभएको भए मैले यो पटक योगेश जीसंग फिल्म खेल्ने थिईन् होला ।

2
यस्तै जीवनले राधा बाहेक अर्को एक फिल्म यो बर्ष खेल्ने भन्दै करिअर प्रति चिन्तित भएको पाएका छौ हामीले । उनले भनेका छन् हिजोका दिनमा जति फिल्म जे जसरी खेलियो त्यो समयको माग थियो तर अब फिल्म मेकिङमा सुधार भएन र कथा राम्रो छानिएन भने करिअर सिध्धिने रहेछ त्यसैले अन्य कलाकारहरुले पनि फिल्मको संख्यालाई घटाएर कथा छनौट र समय अनुसारको मेकिङमा ध्यान दिनै पर्ने उनको भनाई छ ।4
जीवनको यो बर्ष दुई फिल्म रिफ्यूजी र बाजीगरको ब्यापार राम्रो हुन मात्र सकेन दर्शकबाट समेत राम्रो प्रतिक्रिया नआएपछि उनले फिल्मको छनौटमा ध्यान दिएको बताएका हुन । हेर्नुस् यस्ता छन् ईलामको श्री अन्तु डाँडा र दार्जेलिङको मिरिकमा कैद गरिएका राधा फिल्मको सुटिङ तस्बिरहरु

5

6

7

8

9
तस्बिर : विनोद पोखरेल

तपाईको प्रतिक्रिया

Loading…