हिट्स एफ. एम. म्युजिक अवार्डमा सन्जिब र टीकाले पाए सर्वोत्कृष्ट युगल गायन अवार्ड

इटहरी / हिट्स एफ. एम. म्युजिक अवार्ड २०७५ मा सन्जिब पराजुली र टीका प्रसाईंकाे ‘नाई मलाई था छैन’ बोलको गीतले ‘सर्वोत्कृष्ट युगल गायन’काे अवार्ड जित्न सफल भएकाे छ । २२ सौं हिट्स फम ९१.२ म्युजिक अवार्डमा ‘सर्वोत्कृष्ट युगल गायन’ को अवार्ड पाउन उक्त गित सफल भएकाे हाे । यस गितले ‘सर्वोत्क्रिस्ट युगल गायन’ अवार्डका साथै अन्य थुप्रै अवार्डहरु हासिल गर्न सफल भएको छ। एकनारायण भण्डारीकाे शब्द रचना, आशिष अविरलकाे संगीत भएकाे उक्त गितले यु-ट्युबमा ३ करोड ३ लाख बढी भ्यूज पाएकाे छ ।

ओरिजिनल र क्लबमिक्स भर्जनमा सार्वजनिक भएको उक्त गितमा अन्तरास्ट्रिय नृत्य प्रतियोगिता योजना समेत संचाल भएको थियो । प्रतियोगिताको लागि चालिस भिडियो छनौट भएका थिए जसमा बिजयी एक भिडियोलाई रु. १ लाख र दोश्रो हुने भिडियोलाई रु. २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त गितले नेपाली गीत संगीत क्षेत्रको इतिहासमा कुनै एल्बम (नन फिल्मी) को गीत लामो समयसम्म (करिब डेढ वर्ष) सबैभन्दा बढी भ्यूज पाउन सफल भएको छ।

‘सेल्फी को जमाना’ गीतबाट बढी चर्चामा आएकी गायिका टीका प्रसाईंको तिमी भन्छौ भने, नतोडन ती बाचाहरु, तिमी मलाई मन पर्छ, चट्ट सलाम छ, सेल्फिको जमाना, पहिलो भेटैमा, तिमी भन्छौ भने, नतोडन, कान्छी रे,माया लुकी लुकी जस्ता दर्जनौं गीतहरुले दर्शक श्रोताहरुको मन जित्न सफल रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया