भर्खरै प्रर्दसनमा आएको फिल्म ‘छेस्को’ अनलाइनमा पनि हेर्न मिल्ने

काठमाडौं । हाम्रो मुभि डटकमले इन्टरनेटमार्फत नेपाली सिनेमाको ग्लोबल लन्च गर्ने भएको छ । विश्वभर छरिएर रहेका नेपाली दर्शकलाई मध्यनजर गर्दै हाम्रो मुभि डटकमले फिल्म हलमा चलेकै दिन नेपाली सिनेमाको ग्लोबल लन्च गर्ने भएको हो । हाम्रो मुभि डटकमले यो सेवा सुरु गरेसँगै नेपाली फिल्म हेर्न युट्युबमा महिनौँ कुर्नु पर्ने बाध्यता हट्नेछ । सबैभन्दा पहिला चर्चामा रहेकी अर्चना पनेरुको छेस्को र जिस्मको ग्लोबल लन्च गरिने हाम्रो मुभि डटकमका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले जानकारी दिएका छन् ।

 चलचित्र छेस्को हाम्रो मुभिमार्फत जेठ २१ गते देखि विश्वभरबाट हेर्न सकिनेछ । छेस्को हेर्नका लागि मास्टर कार्ड, अमेरिकन एक्सप्रेस, भिजा कार्डलगायतको नेटवर्कमा रहेका कुनै पनि डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डबाट १० अमेरिकन डलर तिर्नु पर्नेछ । यो भन्दा अघि नेपाली सिनेमा घरमा प्रस्तुत हुन बाँकी ‘सेफ ल्यान्डिङ’ नामक सामाजिक चलचित्रको प्रिमियर गरेर हाम्रो मुभिले अनलाइनबाट प्रिमियममा फिल्म देखाउने अनुभव बटुलिसकेको छ । त्यस्तै राजु गिरीको निर्देशनमा बनेको चलचित्र जिस्म असार ३१ गते हलमा र हाम्रो मुभिमा एकै दिन सार्वजनिक हुनेछ । यो सँगै ओस्कार अवार्डमा पुगेको सुनगाभा पनि हाम्रो मुभिका प्रयोगकर्ताले छिट्टै हेर्न पाउने छन् ।

 हाईलाईट्स नेपालसँगको सहकार्यमा लुट २, छक्का पन्जालगायतका सिनेमाहरु पनि युट्युबमा भन्दा पहिला हाम्रो मुभिबाट हेर्न पाईनेछ । मासिक ५.९९ डलर तिरेर हाम्रो मुभि डटकमको मासीक ग्राहक बन्न सकिन्छ । दुई महिनामा झण्डै ३५ हजार व्यक्ति हाम्रो मुभि डटकमको प्रयोगकर्ता बनीसकेका छन् । नयाँ फिल्म ल्याउनको लागि व्यापक माग भएकाले ग्लोबल लन्चको अवधारणा अपनाएको कार्यकारी अधिकृत सापकोटाको भनाई छ । ग्लोबल लन्चलले बिश्वभर रहेका नेपाली चलचित्र पारखीहरुलाई जति सक्दो छिटो फिल्म हेर्ने सुविधा दिने र नेपाली फिल्मको तिर्सना मेटाउने अपेक्षा गरिएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…