स्वर्गीय गायक कुमार कान्छाको अन्तिम गीत सार्वजनिक (भिडियो)

काठमाडौं । स्वर्गीय गायक कुमार कान्छाले गाएको गीत ‘छाडि गए आमा तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । गायक कान्छाको निधन हुनुभन्दा केही वर्षअघि रेकर्ड भएको गीतको भिडियो भने हालै निर्माण भएको हो । सन्देश सोङ्मेन राईको शब्द र भूवन सुप्तिहाङ राईको संगीत रहेको गीतको भिडियोमा मोडल दिक्पाल कार्की र उमेश राई (फूलन्देकी आमा)को अभिनय रहेको छ ।

कृष्ण आचार्यले निर्देशन गरेको भिडियोको छायाँकन युवराज राई र सम्पादन भरत रेग्मीले गरेका छन् । भिडियोमा उमेशले महिला भेषमा आमाको भूमिका निभाएका छन् । परि सिने संगीत प्रालिले केही महिनाअघि बजारमा ल्याएको गीति एल्बम ‘समर्पित’का समावेश कुमार कान्छाको यो गीत सम्भवत सार्वजनिक भएका मध्ये अन्तिम गीत रहेको संगीतकार भुवनले बताए ।

भिडियो

तपाईको प्रतिक्रिया