स्वरुप खतिवडा बने सुन्दरहरैंचा सिङ्गिङ आइडलका विजेता

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैँचा नगरलाई केन्द्र मानी सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरी स्थापना गरिएको सुन्दरहरैंचा सांस्कृतिक परिवारले पहिलाे पटक अायाेजना गरेकाे सिङ्गिङ आइडलकाे फाइनल राउन्ड सम्पन्न भएको छ । जसमा स्वरुप खतिवडा सुन्दरहरैंचा सिङ्गिङ अाइडलका विजेता घाेषित भएका छन् ।

जेसिज भवनमा अायाेजना भएको साे सिङ्गिङ अाइडलकाे फाइनल राउन्डमा स्वरुप खतिवडा प्रथम भएर सुन्दरहरैचा अाइडल घाेषित हुन सफल भएका छन । उनले याे नानीकाे शिरैमा इन्द्र कमल फूल फुल्याे …. तथा कुन मन्दिरमा जान्छाै यात्री बाेलकाे गीत गाएर निर्णायक लगायत सबैकाे मन तिजेर अाइडलमा उत्कृष्ट हुन सफल भएका हुन । विभिन्न चरण पार गर्दै भव्य रुपमा भएको सिङ्गीङ अाइडलकाे फाइनल राउन्डमा समिक्षा घिमिरे दाेस्रो , अायुष विष्ट तेस्रो तथा राेनिका राई सन्तना हुन सफल भएका छन । आधुनिक साउन्ड र लाइट सिस्टमका साथ लाइभ वाद्यवादनमा गायन प्रतिस्पर्धा गराई ट्रफी र प्रमाणपत्र सहित विजेतालाई क्रमशः रु. २५ हजार उप विजेतलाई रु. १५ हजार र उपविजेतालाई रु. १० हजार पुरस्कार वितरण गरिएकाे साथै उत्कृष्ट हुनेहरुले अन्य अवसर समेत प्राप्त गर्ने कार्यक्रमका प्रविधिक सहयाेगी जेवि थुलुङले जानकारी दिए ।

समाजका लागि कला , कलाका लागि समाज भन्ने नाराका साथमा भएको सिङ्गीङ अाइडलकाे निर्णायकको रुपमा स्थानीय र बाह्य संगीतकर्मीहरुको सहयोग समेत लिइएकाेले फाइनल राउन्डमा वरिष्ठ लाेक गायक बालकृष्ण कार्की , संगीतकार तथा गीतकार भीम वस्नेत, संगीत प्रशिक्षक गणेश रिजाल लगायत निर्णायक रहेका थिए । गायनकलामा उभार ल्याएर गायन क्षमता भएका स्थानीय प्रतिभाहरुलाई सम्मान जनक मञ्च प्रदान गरि क्षमता भई आर्थिक लगायतका कठिनाइका कारण बाहिर आउन नसकेका प्रतिभाहरुलाई सार्वजनिक गर्न सघाउ पुयाउने उदेश्यले कार्यक्रमकाे अायाेजना गरिएको अायाेजक समितिका अध्यक्ष अान्नद बस्नेतले जानकारी दिए ।

सुन्दरहरैंचा सिङ्गिङ अाइडलकाे लागि जम्मा १ सय ८५ जाना प्रतिष्पर्दीहरुले भाग लिएका थिए । जसमा जुपिटर स्कुलबाट ८५ जानाले भाग लिएकाेमा ५१ जाना छनाेट ,सिद्वार्थ स्कुलबाट १ सय जानाले भाग लिएकाेमा ४७ जाना छनाेट भएका थिए । व्यापार संघमा ९८ जानाले भाग लिएकाे ४५ जाना छनाेट भएर सेमिफाइनलमा प्रतिष्पर्दा गरि टप टेनबाट फाइनल राउन्ड सफलता पुर्वक सम्पन्न गरिएको थियाे । प्रतियाेगिताकाे फाइनल राउन्डमा नगर प्रमुख शिवप्रसाद ढकाल प्रमुख अतिथिकाे रुपमा रहेका थिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…