सौन्दर्यताले भरिपुर्ण दिलिप रायमाझिकी छोरी दिव्या, ‘लक्का जवान’ बाट होला त फिल्ममा डेब्यु ?

ईटहरी / नेपाली सिनेमा क्षेत्रमा थुप्रै सेलिब्रेटी किड्सले डेब्यु गरिसकेका छन् । कसैको फिल्म रिलिज भईसके त कसैको रिलिज हुने तयारीमा रहेका छन् । जसको डेब्युलाई लिएर निकै चर्चा र प्रतिक्षा भईरहेको छ ।

यसबीच चर्चित नायक दिलिप रायमाझीको एकमात्र छोरी दिव्य रायमाझीको पनि डेब्युको चर्चा यतिबेला चलिरहेको छ । सुन्दरताको हिसाबले पनि निकै राम्री र आर्कषक रहेकी दिव्यालाई डेब्यु गराउँने तयारी भने अरु कसैले नभई “प्वाक्क मुखमा हान्नु जस्तो” अर्थात शिवहरी पौडेलले गरिरहेका छन् ।

हाँस्य क्षेत्रमा चर्चित शिवहरी पनि अब फिल्म निर्माण र निर्देशनमा आउँदैछन् । उनले निर्माण र निर्देशन गर्न लागिरहेको लक्का जवानमा दिव्यालाई डेब्यु गराउँने तयारी उनले गरिरहेका हुन् । यसका लागि छलफल अझै चलिरहेको उनको भनाई छ । अमेरिकामा बस्दै आएकी दिव्यालाई यसअघि पनि फिल्मको अफर भने नआएको होईन ।

तपाईको प्रतिक्रिया

Loading…