सोनिका बनिन् मिस झापा कलेज डिभा

बिर्तामोड / झापा बिर्तामोडकी सोनिका राजवंशीले हिमाअस मिस झापा कलेज डिभा २०१९ को उपाधि हात पारेकी छिन् । नेपाललाई समृद्ध बनाउन कसरी सकिन्छ भन्ने निर्णायको प्रश्नको उत्कृष्ट उत्तर दिदै बिर्तामोडको देवि उच्चमाविमा अध्ययनर्त राजवंशीले ११ जना फाइनालिष्टलाई पछि पार्दै उपाधि जितेक हुन् । विजेता राजवंशीले नगद २५ हजार रुपैयाँ सहित प्रमाणपत्र हात पार्दै ग्लोबल कलेज अफ मेनेजमेन्ट काठमाण्डौ वा बिर्तामोडको गोमेन्द्र कलेजमा निःशुल्क स्नातक तह अध्ययन् गर्ने अवसर पनि पाएकी छिन् ।

त्यसैगरी हिमाअस मिस झापा कलेज डिभा २०१९ को फस्ट रनर अप देवी उच्च मावि बिर्तामोडमै अध्ययनर्त भद्रपुर – ३ निवासी कामना नेपालले भएकी छिन् । उनले नगद २० हजार रुपैयाँ र सेकेन्ड रनर अप कोहेड कलेज बिर्तामोडमा अध्ययनर्त हल्दिबारी– १ कि रोसिका सापकोटाभएन् । उनले नगद १५ हजार रुपैँया सहित सोही कलेजमा निःशुल्क पढ्ने अवसर पाएको बताइन्छ ।

ग्लोबल इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको कार्यक्रममा कलेजमा अध्ययनर्त गर्ने छात्राहरुको व्याक्तिगत विकास र समाजमा थप जिम्मेवारी बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको प्रबन्धक निर्देशक कमल न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा झापाका विभिन्न कलेजका ४० बढी छात्राहरुको सहभागिता रहेको इभेन्ट मेनेजर तारानिधि पौड्यालले जानकारी दिनुभयो । बिर्तामोड स्थित सीटी प्यालेसमा आयोजित कार्यक्रममा शिक्षाविद् केशव मैनाली, बिबिसीका झापा प्रतिनिधि उमाकान्त खनाल, डाक्टर प्रविन भट्टराई, अभिवक्ता पर्शुराम बानियाँ, युवा व्यावसायि सुदर्शन खतिवडा लगायत निर्णायकको भूमिकामा रहनुभएको थियो । हिमाअसले टाइटल स्पोन्सर गरेको उक्त कार्यक्रमको सञ्चालन ट्रेनर प्रहिल कार्कीले गर्नुभएको थियो ।

Purbeli TV

Loading…

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

गोरु पक्रदा एसपीको सरुवाको चलखेल !

१९ वर्ष अघी झापाकाे चारआली जंगलमा बलात्कार गरी रुखमा झुण्ड्याइएको अभियोगमा अमेरिका फरार रहेका गौतम नेपाल अउनसाथ परे पक्राउ

आयुर्वेदको बेथिति रोक्न बल्ल अनुगमन

संविधान दिवस मनाउन झापामा नेकपाको तयारी तीव्र

मेघामा दशै तिहार बहार, सामान किन्दा उपहारै उपहार

गैर नेपालीलाई नागरिकता दिन जनप्रतिनिधिनै सम्लग्न रहेको खुलासा

झापामा अपराधको जालो : बिप्लका कार्यकर्ता पक्राउ परे पालै पालो

प्रमाणपत्रका भरमा आयुर्वेद क्लिनिक : कविराज र वैद्यले जाँच्छन् विरामी

आयुर्वेद उपचार पद्दतिमा ब्रह्रलुट : उपचारको क्रममा महिलाको मृत्यु, नियमनकारी निकाय बेखवर

घर पाउँदा नाँचगान : ३४ विपन्न परिवारलाई नयाँ घर, सन्थाल बस्तीमा खुशीयाली (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…

Loading…