सेवाको आयोजनामा राजेश पायल राईलाई सम्मान

काठमाडौं / अनानग रस्थित सेवा रेकर्डिङ स्टुडियोको आयोजनामा गायक राजेश पायल राईलाई संगीतकर्मीहरुले सम्मान गरेका छन् । गायक राईलाई अमेरिकाको रोचेस्टर सहरमा ‘अन्तराष्ट्रिय गायक’को उपाधि पाएकोमा सम्मान गरिएको हो । अमेरिकामा अवस्थित रोजेस्टर सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल अलेक्जन्डरले राईलाई ‘इन्टरनेशनल पपस्टार’को उपाधि दिंदै सम्मान प्रदान गरेका थिए ।

सम्मान कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटा लगायत संगीतकार, गायक÷गायिका, मोडल लगायतले सम्मान गरेका थिए । शम्भुजित बाँस्कोटाले भने– ‘नेपाली संगीत क्षेत्रमा राजेशपायलको लगनशीलता र कठोर परिश्रमको फल हो । सरल स्वभाव र भर्सनटाइल गायक राजेशपायललाई अमेरिकामा गरिएको सम्मानलाई राष्ट्रले गर्वका साथ लिनुपर्नेछ ।’ यसैगरी प्रस्तोता समाज नेपालका अध्यक्ष गायक तुलसी पराजुली र सेवा रेकर्डिङ स्टुडियोका सञ्चालक÷गायक भीषण मुकारुङले पनि बधाई ज्ञापन गरेका थिए ।

भीषण मुकारुङले भने–‘इष्र्या डाहा होइन एक जना नेपाली गायकले यस किसिमको ठूलो सम्मान पाउँदा संगीत क्षेत्रका सबैले खुशी मान्नुपर्छ ।’ उनले थपे–‘आज गायक राजेश पायल राईले अमेरिका जस्तो ठाउँमा सम्मान पाउँदा म एकदमै हर्षित र खुशी छु ।’ राजेश पायल राईको सम्मानमा अमेरिकाका रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभल मनाउने घोषणा गरिएको छ । यस किसिमको सम्मान पाउने नेपाली गायक राई नै पहिलो भन्दा अत्युक्ति नहोला ।

गायक राई खोटाङको बुइपामा जन्मी नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन अहोरात्र लागिपरेका गायक हुन् । सांगीतिक आकाशमा कक्षा–९ अध्ययन गर्दागर्दै उनले भ्वाइस टेष्ट गराएका थिए । कक्षा–१० मा अध्ययनरत हुँदा नै उनले पहिलो पटक ‘सम्झनाका कुरा नगर, जता सम्झियो उतै हुन्छ र’ बोलको गीत रेडियो नेपालमा रेकर्ड गराएका थिए ।

‘सम्झनाका कुरा नगर…’ देखि ‘किन यति धेरै माया लाग्छ…’ सम्म आइपुग्दा उनले अमेरिकाले प्रदान गरेको यो सम्मान प्राप्त गर्न सफल भएका छन् । उनले जापानीज, अंग्रेजी, भोजपुरी, मैथिली, हिन्दी लगायतका गीतहरु रेकर्ड गराइसकेका छन् । यसले पनि प्रष्ट देखाउँछ कि गायक राईले पाएको ‘इन्टरनेशनल पपस्टार’को उपाधि उनका लागि योग्य छ ।

तपाईको प्रतिक्रिया