सेलिब्रेटिलाई प्रियंका र आयुष्मानको पार्टि, पत्रकारलाई निषेध

ईटहरी/ केहि बर्षको प्रेम सम्बन्ध पछि बिगत एक महिना अघि मात्र टिकाटालो गरेको प्रियंका कार्की र आयुष्मान देशराज जोशीले सेलिब्रेटी पार्टि गरेको छ । काठमाण्डौस्थित द्वारिकाज होटलमा सनिबार साझबाट गरिएको उक्त पार्टिमा आफ्ना नजिकका फिल्मकर्मिलाई प्रियंका र आयुष्मानले निम्तो गरेका थिए ।

पार्टीमा प्रियंका र आयुष्मानले ईन्गेजमेन्टमा लगाएको औठी पनि साटासाट गरेका थिए । खासै बाहिरि रुपमा तडक भडक नगरी गरिएको पार्टिमा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको थियो । पाच बर्षको उमेर अन्तर रहेको प्रियंका र आयुष्मानको पहिलो पार्टि अर्थात ईन्गेजमेन्टमा भने पत्रकारलाई पनि ढोका खुल्ला गरिएको थियो ।

यी दुईले ईन्गेजमेन्ट अहिले गरे पनि आउने बर्ष मात्र बिहे गर्ने चर्चा छ । दिपकराज गिरी, दिपाश्री निरौला, निर्देशक निश्चल बस्नेत, नायिकाद्वाय स्वस्तिमा खड्का, बर्षा राउत, नायक संजोग कोइराला र कोरियोग्राफर कविराज गहतराज लगायत सनिबारको पार्टिमा उपस्थित भएका थिए । तस्बिर : रातोखुर्सानी

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…