सेलिना कुँवरको नयाँ तीज गीत ‘ह्यान्डसम पोइ’ सार्वजनिक (भिडियाे सहित)

काठमान्डाैं / पनेपाली तथा भोजपुरी गीतहरुमा दर्शकको मन जित्न सफल गायिका सेलिना कुँवरको नयाँ तीज गीत ‘ह्यान्डसम पोइ’ सार्वजनिक भएको छ । अञ्जली अधिकारीकाे अभिनय गरेको उक्त भिडियोको हरेक पक्ष उत्कृष्ट रहेको तथा गायन र शब्द रचना समेत उत्कृष्ट रहेको निर्माण पक्षको दावी छ ।

गीतमा अर्जुन पौडेलको शब्द र सन्तोष राजको संगीत रहेको छ । त्यसैगरी गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । सन्तोष राजबाहकको कोरियोग्राफी रहेकाे उक्त गीत ‘ए–वन म्युजिसियन स्टुडियो’मा रेकर्ड गरिएको छ । गीतको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका छन् भने मिक्सिङ र मास्टरिङ किशोर थापाकाे रहेकाे छ । गीत ‘बास म्युजिक नेपाल’को अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियाे

तपाईको प्रतिक्रिया