सृष्टीसँगको रोमान्स गर्दै अनमोलका डुप्लिकेट

काठमाडौँ । नायक अनमोल केसी जस्तै देखिने अर्का युवक फेरी चर्चामा आएका छन् । झट्ट हेर्दा अनमोल जस्तै देखिने ह्याण्डसम अभिषेक श्रेष्ठले म्यूजिक भिडियोमा सुन्दरी मोडल श्रृष्टी खड्कासँग अभिनय गरेका छन् ।

‘लाग्छ तिमी यही छ्यौ’ बोलको गीतको भिडियोमा अभिषेक र मोडल श्रृष्टी खड्काको गज्जबको नृत्य देख्न सकिन्छ । दाउत राइ (विकेन्द्र)को स्वर रहेको यो गीतमा झरना क्षेत्रीको शब्द, र विकेन्द्रकै संगीत रहेको छ भने निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडिोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ ।

PURBELI TV

तपाईको प्रतिक्रिया