सुरशालाले विद्यार्थीको प्रतिभा खोज्दै

खाँदबारी /सुरशाला म्युजिक एण्ड डान्स एकेडेमीले एसइइ दिएका विद्यार्थीहरुको प्रतिभा खोज्दै सुरशाला एसइइ ट्यालेन्ट शोको आयोजना गरेको छ । विगत पाँच वर्षदेखि खाँदबारीमा सञ्चालन हुँदै आएको एकेडेमीले पहिलो पटक एसइइ दिएका विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको खोजी गरेको हो । प्रदेश नं. १ स्तरीय गायन, नृत्य, वक्तृत्वकला र अभिनय गरी चार विधामा प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक तथा प्रबन्ध निर्देशक कुमार अनुरागीले बताए ।

प्रदेश १ का विभिन्न १४ जिल्लाबाट अडिसन मार्फत आएका ३ सय ७५ प्रतियोगी मध्ये दोस्रो, तेस्रो चरण हुँदै फाइनलका लागि १९ जना छनौंट भएका छन् । उनका अनुसार एसइइ दिएर बसेका विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न, उनीहरुको क्षमता प्रस्तुती साथै कला, संस्कृतिको संरक्षण, हस्तान्तरण र पुस्तान्तरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको फाइनल जेष्ठ १५ गते खाँदबारीमा गायिका मेलिना राईको साथमा हुनेछ ।

तपाईको प्रतिक्रिया