सुनिता सन्याक लिम्बुको सुमधुर स्वर रहेकाे “साँगुरी डाँडा बजार” सार्वजानिक (भिडियाे सहित)

इटहरी / गायिका सुनिता सन्याक लिम्बुको सुमधुर स्वर रहेकाे “साँगुरी डाँडा बजार” सार्वजनिक भएकाे छ । सुनिता सन्याक लिम्बुकाे स्वर तथा महेन्द्र घिमिरेकाे स्वर, शब्द, संगित रहेकाे उक्त गीत पूर्वाअन्चल डिजिटल यूट्युव च्यानल मार्फत सर्वजानिक भएकाे हाे । सुमधुर स्वरकी धनी सुनिताकाे “सोल्टी ज्यु” पश्चात मारुनी भाकामा रहेकाे “साँगुरी डाँडा बजार” सार्वजनिक भएकाे हाे । गितमा रूद्र श्रेष्ठकाे एरेन्ज तथा निर्देशन रहेकाे छ ।

गीतमा समग्र साँगुरी डाँडा बजारकाे पर्यटन क्षेत्रकाे प्राेत्साहान गर्ने उदेश्यका साथ गीत तयार गरीएकाे बताइएकाे छ । उक्त गीत साँगुरीगढीको ध्वजेडाँडा, डाँडाबजार लगायतका क्षेत्रमा छायाङकन गरिएको उक्त गीतमा केशब सिक्देलले छायांकन गरेका हुन् । बसन्त राईकाे सम्पादन, सरू लिम्बुकाे मेकअप रहेकाे उक्त गीती भिडियाेमा रूषा श्रेष्ठ तथा मिलन थेगिम लिम्बुकाे राम्राे अभिनय रहेकाे देख्न सकिन्छ । हेर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया