सुत्केरीको महिना दिनमै यस्ती देखिइन् करिना

एजेन्सी । गत २० डिसेम्बरका दिन बलिउड अभिनेत्री करिना कपूरले छोरा तैमूर अली खानलाई जन्म दिइन् । प्रायजसो, नायिकाहरु सुत्केरीमा मोट्टाएको शरीरलाई मेनटेन गर्न सक्दैनन् अथवा भनौ निकै समय लगाउँछन् । तर, करिनाले छोरालाई जन्म दिएको एक महिना भित्रै निकै शरीरलाई मेनटेन गरिसकेकी छिन् । करिना मंगलबार दिउसो मुम्बईको एक सैलुनमा देखिइन् । उनको लुक बिलकुलै परिवर्तन भएको छ । पेट, छाला तथा कपाललाई नयाँ लुक दिइसकेकी छिन् । करिनाको त्यो लुक हेरर भन्न सकिन्छ कि सुत्केरी भएको एक महिनामै उनले आफ्नो वजन घटाई शरीरलाई मेनटेन गरेकी छिन् ।

डेलिबेरी हुनअघि करिना कनिल कपूरको छोरी रिया कपूरको निर्माणमा बन्न लागेको फिल्म ‘वीरे दी वेडिंग’को सुटिङ गरिरहेकी थिइन् । यद्यपी, यो फिल्म अझै निर्माण सम्पन्न भइसकेको छैन । खबरअनुसार, करिनाले आगामी मे महिनाबाट फेरि सुटिङ थाल्न सक्ने बताइएको छ । यस फिल्ममा उनको साथमा सोनम कपुर पनि देखिइनेछिन् ।

तपाईको प्रतिक्रिया

Loading…