सिङ्गिङ रियालिटी सो द भ्वाईसको डिजिटल अडिसन इटहरीमा सम्पन्न

इटहरी / सिङ्गिङ रियालिटी सो द भ्वाईसको नेपालमा डिजिटल अडिसन सकिएको छ। कार्यक्रमको स्थानीय आयोजक एएनसि इभेन्ट म्यानेजमेन्टले सुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो।

पत्रकार सम्मेलनका क्रममा अव ब्लाईन्ड अडिसन हुने र सो अडिसनमा समावेश हुन सफल प्रतिष्पधीहरुको जीवनीका बारेमा श्रब्य दृष्य सामाग्री निर्माण गरिनुका साथै प्रत्यक्ष भेटेर आवाज सुन्न एउटा टोली पूर्व दौडाहामा रहेको जानकारी दिईएको छ। ब्लाईन्ड अडिसनमा सहभागी हुन सफल प्रतिष्पर्धीलाई जज यसप्रतियोगितामा कोच(प्रशिक्षक) भनिएको छ। कोचले प्रत्यक्ष सुन्न र आफ्नै समुहमा समावेश गर्न प्रयास गर्ने बताईएको छ।

कार्यक्रममा कोचहरुमा अग्रज गायक दिप श्रेष्ठ, यसैगरी प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहनुहुनेछ। कार्यक्रम ब्लाईन्ड राउण्ड, ब्याटल राउण्ड र लाईभ सो गरेर तीन चरणमा समावेश हुने अनि अन्तिम चारजना प्रतिष्पर्धीबाट एकजना भ्वाईस अफ नेपाल घोषणा गरिने आयोजकले जनाएको छ। कार्यक्रमलाई नेपाल आईडल सिजन एकका निर्देशक लक्ष्मण पौडेलले निर्देशन गर्ने यस्तै नेपाल आईडलमा नै रियालिटी पोड्युसर रहेका फिरोज तिम्सिनाले मुख्य सहायक निर्देशन तथा आईटि हेडको जिम्मेवारी बहन गर्ने र शुशिल नेपालले प्रस्तोताको भुमिका निर्वाह गर्ने जनाईएको छ।

कार्यक्रममा मुख्य क्यामेरामेनको रुपमा शिवराम श्रेष्ठ, सम्पादन प्रमुखको रुपमा सोहन मानन्धरले पनि काम गर्ने भएका छन्। यसैगरी कार्यक्रम निर्माण र अवलोकनका लागि नेदरलेण्डबाट एउटा टोली र प्रविधी सहयोगका लागि भारतबाट अनुभवी टोली आउने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। कार्यक्रममा बिजेता हुनेले नगद २५लाख रुपैँया एउटा कार र २० लाख बराबरको एल्वम कन्ट्राक्टका साथै वल्र्ड टुर गराईने र सम्पुर्ण खर्च १२करोड खर्च लाग्ने कार्यक्रम आयोजकले जनाएको छ।

PURBELI TV

तपाईको प्रतिक्रिया