सिंगापुर पुलिसको भ्यालेन्टाईन गीत

काठमाडौं ।

तिमी नै हौ मेरो जीवन
तिमी नै हौ मेरो खुसी ।
मुटुको धड्कन तिमी हौ
जीउने सहारा तिमी हौ ।

सिंगापुर पुलिसमा कार्यरत नवराज राईले भ्यालेन्टाइन मुडमा यस्तो गीत गाउन थालेपछि मोडल प्रेसिका निरौला छमछमी नाच्न थालिन् ।
सिंगापुर पुलिसको म्युजिक ब्यान्डमा कार्यरत नवराजको नयाँ प्रेमगीतको छायाँकनको दृष्यको हो यो । पियानो बादकसमेत रहेका नवराजकै शब्द, स्वर र संगीत रहेको गीतको भिडियो सिंगापुर र नेपालमा छायाँकन भएको छ ।

मोडल प्रेसिका निरौलाको छायाँकन नेपालमा र गायक नवराज राईको छायाँकन सिंगापुरमा भएको हो । भिडियोका निर्देशक राकेश किरातीले सिंगापुरै पुगेर छायाँकन गरेका हुन् ।नेपालको छायाँकन र सम्पादन बुद्ध थापाले गरेको भिडियो भ्यालेन्टाइन डेको अवसरमा रिलिज गरिने निर्देशक किरातीले बताए ।

तपाईको प्रतिक्रिया