‘साली कस्को भेनाको’को ट्रेलरमा हैट र मंगलीको यस्ताे रोमान्स (भिडियो)

काठमाडौँ । फिल्म ‘साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा विल्सन विक्रम राई, मरिस्का पोखरेल, बुद्धि तामांग , रजनी गुरुङ, सुषमा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायत कलाकारहरूको अभिननय भएको फिल्मलाई भदौ २९ गतेदेखि प्रदर्शनको मिति तोकिएको छ ।

चलचित्रको निर्देशन भद्र भुजेल गरेका छन् । मुभिङ पिक्चस प्रा.लि.को ब्यानरमा बनेको फिल्ममा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीको संयुक्त लगानी छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया