सारेगमप लिटिल च्याम्पस सेकेन्ड रनरअप प्रीतम आचार्यलाइ ईटहरीमा भव्य स्वागत

ईटहरी/ सारेगमप लिटिल च्याम्पसमा सेकेन्ड रनरअप बनेका ईटहरीका प्रीतम आचार्यलाई काकडभिट्टामा भब्य स्वागत गरिएको छ । ईटहरीबाट उनलाई लिन दर्जन गाडी सहित सयौको संख्यामा ईटहरीबासी काकडभिट्टा पुगेका थिए । ‘नेपालका छोरा प्रीतम – हाई हाई’ भन्दै उनलाई काकडभिट्टाका बासिहरुले पनि भब्य स्वागत गरेका थिए ।

त्यस्तै बिर्तामोडको होटल हेभेन ग्राण्ड र दमकमा पनि उनलाई भब्य स्वागत सम्मान सहित उनको साङितिक भबिस्यको लागि सुभकामना प्रदान गरिएको छ । यतिबेला ईटहरी उपमहानगरपालिकामा उनलाई स्वागत सम्मानको कार्यक्रम हुदैछ ।

सारेगमप लिटिल च्याम्प्समा ईटहरीका छोरा नेपालका सान प्रीतम आचार्य सेकेन्ड रनरअप हुन सफल भएका छन् । यस्तै नेपालकै आयष केसि चौथो हुन सफल भएका छन् । सारेगमप लिटिल च्याम्प्सको यो सिजनको बिजेता भने सुगन्धा भएकी छिन । यस्तै शोको फर्स्ट रनरअप मोहम्मद फिराज भएका छन् ।

उनको प्रस्तुति, जर्जहरुको तारिफ र सारेगम टिमले उनलाई हरेको प्रोमोसनमा दिइएको पहिलो स्थानले सबैको आस प्रथम नै हुन्छ भन्ने थियो तर भोट गर्न बसेका नेपालीहरु भोटिङ राउन्ड नभएपछि उनलाई बिजेता बनाउनबाट भने बन्चित भए ।

प्रीतमको प्रोमोसन भिडियो बनाउनको लागि जिटिभी को टिम नै उनको जन्मथलो ईटहरी आएको थियो । उनी प्रतिष्पर्धी बनेको सारेगमप लिटिल च्याम्प्सको फाईनल शो ठूलो स्क्रीनमा देखाउनको लागि ईटहरी मुख्य चोकमा एक साङितिको कार्यक्रमको नै आयोजना गरिएको थियो । उक्त कार्यक्रममा झन्डै हजार बढिको हाराहारीमा ईटहरीबासी उपस्थित भएका थिए ।

तपाईको प्रतिक्रिया

Loading…