सारीमा समेत यस्ताे हट देखिइन् प्रियांका

बलिउडकी चर्चित नायिका तथा पुर्व विश्व सुन्दरी प्रियांका चाेपडा आलोचनाकाे सिकार भएकी छिन् । एक अन्तर्राष्ट्रिय म्यागेजिनका लागि खिचाएको फोटोमा उनले चोली नलगाएर सारी मात्र लगाएकोमा आलोचीत बन्न पुगेकी हुन् । प्रियङ्कामाथि युगदेखि सारी र चोली सँगै लगाउँदै आएको परम्परालाई बिगार्न खोजेको आरोप लागेकाे छ ।

सामाजिक सञ्जालमा प्रियङ्काको चर्को आलोचना भएपछि उनको बचाउ गर्दै डिजाइनरले सारी र चोली लगाउँदा भारतीय समुदायलाई मात्र प्रतिनिधित्व गर्ने भएकाले अन्तर्राष्ट्रिय म्यागेजिनलाई विविधतायुक्त देखाउन सारी मात्र पहिरन गरेको दाबी गरेकी छन् ।

तपाईको प्रतिक्रिया

Loading…