सारीमा सजिएकी मोडल एलिशा, बोल्ड एण्ड ब्युटी लुक्सलाई फ्यानको तारिफ (तस्वीरहरू)

इटहरी / नायिका एलिसा राईले एउटा फिल्म खेलिन् चलचित्र ‘लूट २’ । फिल्मले भन्दा पनि फिल्ममा समावेश गीत ‘ठमेल बजार’ ले एलिसाको करिअरलाई एकाएक चर्चाको शिखरमा पुर्यायो । यो गीतले उनको करिअरलाई धेरै फाइदा पुर्यायो । खासगरी लघु चलचित्रमा अभिनय गर्ने एलिसा यो फिल्मपछि म्युजिक भिडियोमा एकाएक छाइन् । तर, उनलाई फिल्ममा काम गर्न भने खासै अफर आएन ।

पछिल्लो समय स्टेज कार्यक्रम र म्युजिक भिडियोमै व्यस्त छन् । उनका फ्यानहरूले उनलाइ फिल्ममा देख्न चाहिरहेका छन् तर फिल्ममा भने एलिसा खासै जम्न सकिनन् । तर उनको व्यस्तता घटेको छैन । म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त भइरहेकी एलिसा सामाजिक सञ्जालमा पनि सक्रिय रहन्छिन् । व्यस्तता आफ्नो ठाउँमा छ, तर फ्यानले भने उनलाई फिल्ममा समेत अभिनय गर्न आग्रह गरिरहेका छन् ।

कतिले भने उनी फिल्ममा जम्न नसकेको टिप्पणी गरिरहेका छन् । जे होस सामाजिक सञजालमा उनका तस्बिर निकै भाइरल हुने गर्छन । भने फिल्ममा नजमेपनि उन सधै चर्चामा हुन्छिन् । उनी समाजिक संजालमा निकै बोल्ड एण्ड ब्युटफुल बनेर देखिन्छिन् । जहाँ फ्यानले उनको सुन्दरताको प्रशंसा गरेर प्रतिक्रिया दिने गर्छन् । हेर्नुस् उनले पछिल्लो समय सामाजिक संजालमा पोस्ट गरेकी सारीमा सजिएको तस्वीरहरू ।

तपाईको प्रतिक्रिया