“सायद-२” को प्रोफाईल फोटोले सेलिब्रेटी बनिन् धराने एक युवती

असार १७, ईटहरी / यतिखेर देशमा चुनावी माहौल तातिरहेको छ भने फिल्मी दुनियामा “सायद-२” को चर्चाले निकै ब्यापकता पाएको छ । सामाजिक संजालमा भाईरल बनेको सायद २ को प्रोफाईल फोटोको चर्चा अहिले विभिन्न किसिमले चलिरहेको छ ।
यसैक्रममा एक युवतीले हामिलाई मोबाईल स्कृन्सट पठाउदै “सायद २” ले गर्दा आफ्नो पनि फ्यान बनेको जानकारी गराएकी छिन । धरान निवासी सुस्मिता श्रेष्ठले उक्त स्कृन्सट पठाउदै आफुले बनाएको सायद २ को प्रोफाईल फोटो लाई अर्का प्रेम परियार नाम गरेको फेसबुक आईडिमा प्रोफाईल राखेका थिए । सुस्मिताले उक्त ब्यक्तिलाई सायद २ अङ्कित आफ्नो प्रोफाईल फोटो हटाउनु भन्दा सुस्मिता को फ्यान भएको कुरा हामिलाई प्राप्त स्कृन्सटमा देख्न सकिन्छ । सुस्मितालाई दिनै ५० भन्दा बढिले तपाईको यो फिल्म हेर्न हल सम्म जाने भन्दै म्यासेज आउने गरेको बताईन ।
सामाजिक संजालमा विविध रुपले चर्चामा रहेको सायद २ को यो एक उदाहरणीय प्रभाव मात्र हो । अहिले सामाजिक संजाल संगै सहर, बजार तथा गाउघरमा सायद २ प्रचारको लागि टीम निस्किसकेको छ । असार ३० बाट देशैभर एकसाथ प्रदर्शन हुने फिल्म सायद २ मा सुशील श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगायतका कलाकारहरु मुख्य भुमिकामा छन भने दुर्गिश ब्यानरबाट सुनिल रावल, ईश्वर श्रेष्ठ र सुभाष लामिछानेले सायद २ निर्माण गरेका हुन ।

तपाईको प्रतिक्रिया

Loading…