साम्राज्ञि संग नाजिरको रोमान्स, दिलमा आगो सल्कीयो (भिडियो सहित)

काठमाडौ/ प्रदर्शन अगाडिसम्म रिलिज नगरिएको फिल्म ‘तिमीसँग’ को नयाँ गीत फिल्म रिलिज पछि रिलिज भएको छ । ‘दिलमा आगो सल्कियो’ बोलको गीतमा नाजिर हुसेन र साम्राज्ञि राज्यलक्ष्मी शाह फिचरीङ छन् । भिडियोमा नाजिर साम्राज्ञीको जोडी कमालको देखिएको छ । साम्राज्ञी र नाजिरले मधेसी पहिरनमा कम्मर मर्काएका छन । दीपक पाठकको स्वर रहेको गीतमा रिदम कँडेल र दीपक आफैंले संगीत भरेका छन् ।

गीतको भिडियोलाइ कविराज गहतराजको कोरियोग्राफी गरेका हुन । फिल्ममा साम्राज्ञीसँगै नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिका छ । अभिनेता शिशिर राणा यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको कथा पनि निर्देशक तथा निर्माता शिशिरकै हो भने सिशिरलाइ साथ दिदै सह निर्देशकको रुपमा साकार ओझाले काम गरेका छन ।

फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ । विदेशबाट घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा फिल्मले वाचन गरेको छ ।

तपाईको प्रतिक्रिया